चोभारमा बृहद पुनर्मिलन तथा पिकनिक कार्यक्रम

Blog Single

२०७९ फागुन ७ गते काठमाडौं चोभारमा बृहद पुनर्मिलन तथा पिकनिक कार्यक्रम सभ्य र भव्यताका साथ सुसम्पन्न भयो । सो कार्यक्रममा आदरणीय गुरु श्रीकृष्ण प्रसाद गौतम (के.पी. सर) ले प्रमुख आतिथ्यता गर्नु भएको थियो र कार्यक्रमको अध्यक्षता यस एसोसिएशनका अध्यक्ष श्री होमनाथ अर्यालले गर्नु भएको थियो । रुपन्देही, काठमाडौं र विदेशमा समेत रहनु भएका सदस्यहरु गरी करिब ७८ जनाको उपस्थिति रहेको थियो । एसोसिएशनको कार्य समितिमा रही विशेष योगदान पु¥याउनुभएका र राष्ट्रलाई उल्लेख्य योगदान पु¥याउनुहुने २३ जना महानुभावहरुलाई सम्मान पत्र पनि दिइएको थियो । सो अवसरमा बेलुन फोड, कुर्चि दौड र अन्य विशेष मनोरन्जनका कार्यक्रमहरु पनि राखिएका थिए । यस पुनर्मिलन कार्यक्रमको संयोजन श्री राम बहादुर के.सी.ले गर्नु भएको थियो । हाम्रा यस्ता गतिविधिले हाम्रो सम्बन्धलाई कसिलो र एसोसिएशनलाई जिवन्त राख्न धेरै भूमिका खेल्ने अपेक्षा गरिएको छ

Share this Post:

Latest Posts: