शान्ति विद्यालय अलुमनाई एसोसिएशनले अर्को एउटा उल्लेख्य कार्य गरेको छ । त्यो हो विशेष उपचार कोषको स्थापना । यस कोषमा अलुमनाई एसोसिएशनको नाममा रु. ४ लाखको अक्षय कोष राखिएको छ । शान्ति नमूना मा.वि.मा अध्ययनरत आर्थिक अवस्था कमजोर भएका बालबालिकाहरु बिरामी हुन गई थप उपचारको अवस्था आइपरेको खण्डमा सो अक्षय कोषको व्याजबाट निर्णयानुसार सहयोग पु¥याउने प्रावधान रहेको छ ।