शान्ति विद्यालय अनुमनाईको काठमाडौमा अधिवेशन

Blog Single

काठमाडौं , १८ भाद्र । शान्ति नमूना माबी मणिग्राममा अध्ययन गरेका भूतपूर्व विद्यार्थीहरुको सस्था शान्ति विद्यालय अलुमनाई एसोसिएशन (रूपन्देही मणिग्राम) को नवौ साधारणसभा तथा छैठौ अधिवेशन काठमाडौंमा सम्पन्न भएको छ।

कार्यक्रमको उद्घाटन शान्ति नमूना माविका पुर्व शिक्षक तथा वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले उद्‌घाटन गरेका थिए। अलुमनाइका सचिव ई. नन्दलाल बन्जाडेले प्रगति विवरण पेश गर्दै.’ हाल सम्म ‘गुरु जगदीश प्रसाद उपाध्याय स्मृति अलुमनाई एसोसिएशन छात्रवृति कोषमा रु १० लाख ९० हजार रहेको र हाल सम्म यस छात्रवृतिबापत ६७ जना छात्राहरूलाई कक्षा ११ र १२ को पढाइको लागि छात्रवृति प्रदान गरिएको बताए। यस्तै एशोशियसनद्वारा स्थापित आमाबाबा छात्रवृतिकोषमा रु ११ लाख ७७ हजार रुपिया संकलन भएको र उक्त कोषबाट हाल सम्म २७ जना दृष्टिविहीन बालवालिकाहरू कक्षा ११ र १२ को पढाइ‌को सहयोग गरिएको आफ्नो प्रगति विवरणमा प्रस्तुत जानकारी दिए । एलुमनाई एशोसियसनले शान्ति नमूना मा.वि. मणिग्राममा अध्ययनरत कुनै वालवालिका विषय किसिम्‌ले विरामी परेको अवस्थामा थप उपचारको आवश्यकता परेको खण्डमा सहयोग पुर्याउँने उद्देश्यले विशेष उपचार कोषको स्थापना गरिएको र यस कोषमा रु ४ लाख जम्मा रहेको व्यहोरा प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ।

वरिष्ठ पत्रकार अर्जुन ज्ञवालीले शान्ति नमूना मा.वि.मा अध्यापन गर्नुभई अवकाश प्राप्त: हरिप्रसाद शर्मा ‘पथिक’ र श्रीमती बिन्दुलक्ष्मी शर्मा गौतमलाई अभिनन्दन गरेका थिए । शान्ति नमूना मा. वि. मणिग्रामबाट २०३९ सालमा एस.एल.सी. उत्तीर्ण श्रीमती गंगा रानालाई आफ्नो विद्यार्थी कालमा गायन र नृत्य विद्यामा पुर्याएको योगदानको कदर सम्मान गरिएको थियो ।

साधारण सभा एवं अधिवेशनले आगामी २ वर्षको लागि होमनाथ अर्यालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको छ। जसको उपाध्यक्षमा डा.तारा बहादुर घिमिरे, सचिव ई. नन्दलाल बन्जाडे, कोषाध्यक्ष वन्दना भट्टराई, सहसचिव राम बहादुर के.जी. र सदस्यहरूमा अनु के.सी, अर्जुनराज्य उपाध्याय, मीना गौतम पौडेल, पुनम गौतम पौडेल, जवाहरलाल न्यौपाने र युवराज गैह्रे छन।

स्रोत: बुटवलटुडे १८ भाद्र २०८०, सोमबार

Share this Post:

Latest Posts: