आमाबाबा छात्रबृत्ति कोषः शान्ति विद्यालय अलुमनाई एसोसिएशनको अर्को उल्लेख्य कार्य आमाबाबा छात्रबृत्ति कोषको स्थापना गर्नु पनि हो । यस कोषमा एसोसिएशनका विभिन्न सदस्यहरुले रकम सहयोग रहेको छ । उक्त रकम शान्ति नमूना मा.वि. मणिग्रामको नाममा मुद्दती खातामा रकम रहेको छ । उक्त रकमको ८० प्रतिशत ब्याज रकमबाट दृष्टिविहिन बालबालिकालाई कक्षा ११ र १२ को पढाईको लागि छात्रबृत्ति प्रदान हुन लागेको छ । ब्याजको २० प्रतिशत रकम भने मूल धनमा जोड्दै जाने प्रावधान छ ।