बृहत् पुनर्मिलन कार्यक्रम

Blog Single

शान्ति विद्यालय अलुमनाई एसोसिएशनले २०७८ चैत्र १८ र १९ मा मणिग्राममा बृहत् पुनर्मिलन कार्यक्रमको आयोजना ग¥यो । यो कार्यक्रम अन्तर्गत चैत्र १८ गते शंकरनगर स्थित बनबाटिकामा बनभोजको आयोजना गरिएको थियो भने १९ गतेका दिन शान्ति नमूना मा.वि. मणिग्रामका पूर्वविद्यार्थीहरुको फुटबल र भलिवल खेलको आयोजना गर्नुका साथै समाजमा योगदान पु¥याउनुभएका पूर्व विद्यार्थीहरु र वि.सं. २०३१ देखि २०४० सम्म शान्ति नमूना मा.वि. मणिग्राममा अध्यापन गर्नुभएका गुरु गुरुमाहरुलाई अभिनन्दन पनि गरिएको थियो । यो कार्यक्रम सम्पन्न गर्न अहोरत्र खट्नु भएका श्री नुतन गौतम, श्री जवाहर लाल न्यौपाने, श्री शान्ति भट्टराई अधिकारी, श्री पुनम गौतम पौडेल र श्री मधुसापकोटा धन्यवादका पात्र हुनुहुन्छ ।

Share this Post:

Latest Posts: